भरतपुर अस्पतालले विपन्न बिरामी र कुरुवालाई लक्षित गरी ‘कपडा बैंक’ स्थापना गरेको छ। दिनसक्नेले कपडा दान गर्ने र विपन्नले लैजान सक्ने गरी बैंक स्थापना गरिएको हो।
उनले भने, ‘कतिपय कपडा नलगाइ पुराना भएका हुन्छन्। कतिपय सानो वा ठूला भएका हुन्छन्। त्यस्ता कपडा यहाँ दान गर्न सकिन्छ।’
उनले भने, ‘ग्रामीण भेगका विपन्न बिरामी र कुरुवा लुगलुग काँप्दै आउनुहुन्छ, सबैलाई हामीले दिएर मात्रै पुग्दैन, सबैले दान गर्न मिलोस् भनेर बैंक सञ्चालन गरेका हौं।’
Shares

प्रतिक्रिया