समाज


दोस्रो दिन पनि सकिएन रविको बयान, भोलि फेरि सरकारी वकिलसमक्ष लगिने

दोस्रो दिन पनि सकिएन रविको बयान, भोलि फेरि सरकारी वकिलसमक्ष लगिने

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १७:३७, काठमाडौँ

स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि पोखराबाट काठमाडौँ झिकाइएका पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज दोस्रो दिन पनि बयान लिइएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा दिनभर चलेको बयानको कार्य नसकिएपछि उनलाई पुनः प्रहरी हिरासतमा फर्काइएको छ।

भोलि फेरि बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले नेपालखबरलाई जानकारी दिए।

यसअघि रविसँग शुक्रबार पनि बयान लिइएको थियो।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएका रविमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ। 

पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धानका क्रममा उनको बयान भइसकेको छ। सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट रुपन्देहीको भैरहवासमेत लगिएको थियो।

काठमाडौँमा स्वर्णलक्ष्मी सहकारी ठगी प्रक्रणमा उनको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

रवि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad