न्याय सेवा आयोगले दुई सचिवसहित तीन सयभन्दा बढी अधिकृतको सरुवा सिफारिस गरेको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा शुक्रबार बसेको आयोगको बैठकले यो निर्णय गरेको हो।
सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ नेपाल कानुन आयोगमा सरुवाका लागि सिफारिस भएका छन् भने कानुन आयोगका सचिव पाराश्वर ढुंगानालाई कानुन आयोगबाट सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाउने निर्णय भएको छ।
आयोगको सिफारिसबमोजिम मन्त्रिपरिषद्ले उनीहरूको सरुवा गर्नेछ।
यसैगरी न्याय सेवाको न्याय समूहअन्तर्गत प्रथम श्रेणी (सहसचिवस्तर) सात जना अधिकृतको सरुवा भएको छ। उपसचिवस्तरका ४३ जनाको जिम्मेवारी हेरफेर भएको छ।
324
Shares

प्रतिक्रिया