काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (मंसिर १३ गते) यस वर्षयताकै कममा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार उपत्यकाको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियसमा ओर्लिएको हो। यो काठमाडौँ उपत्यकाका लागि २०८१ सुरु भएयताकै कम तापक्रम हो। यसअघि बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो।
महाशाखाको सूचीमा आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम -४.६ डिग्री सेल्सियस छ। अनि सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ बाँकेको नेपालगन्जमा १३.५ डिग्री सेल्सियस छ। आजको अधिकतम तापक्रम भने बेलुका सार्वजनिक हुनेछ।
हेर्नुहोस् देशभरको तापक्रम विवरण: (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका)

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ।
अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो।
Shares

प्रतिक्रिया