उदयपुरमा कारले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
मदनभण्डारी राजमार्गमा पर्ने चौडण्डीगढी नगरपालिका-९ स्थित भिमामा प्रदेश १-०४००१ च १३८६ नम्बरको कारले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया कमलादेवी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
भिमा मदनभण्डारी राजमार्गको गाईघाट–चतरा सडकखण्डमा पर्छ। चौधरीलाई घरकै आँगनमा बसेको बेला अनियन्त्रित बनेर आएको कारले ठक्कर दिएको प्रहरीले जनाएको छ।
उक्त घटनामा कारका चालक र कारमा सवार अर्का एक यात्रु पनि घाइते भएका छन्। घुमाउरो सडकमा तीव्र गतिले कार गुडाउँदा दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
2.1k
Shares

प्रतिक्रिया