कैलालीमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बसको ठक्करबाट घोडाघोडी नगरपालिका–३ का ३८ वर्षीय दीपक कडेँलको मृत्यु भएको हो।
शनिबार बेलुका लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा सु.प.प्र. ०१–००१ ख ९९६ नम्बरको पवनदुत यातायातको बसले पैदलयात्री कडेँललाई ठक्कर दिएको थियो।
दुर्घटनापछि गम्भीर घाइते उनलाई उपचारको लागि लालरत्न अस्पताल लम्की हुँदै टीकापुर अस्पताल लगिएको थियो। उपचारको क्रममा शनिबार राति कडेँलको मृत्यु भएको प्रहरीले जनाएको छ।
बस चालक लम्कीचुहा नगरपालिका–८ का ३२ वर्षीय नेत्र प्रसाद देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
54
Shares

प्रतिक्रिया