समाज


जुम्लामा तापक्रम माइनस ३ मा झर्‍यो, काठमाडौँमा कति?

जुम्लामा तापक्रम माइनस ३ मा झर्‍यो, काठमाडौँमा कति?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर १, २०८१ शनिबार ९:५१, काठमाडौँ

मुलुकभर दिनप्रतिदिन चिसो बढ्दै गएको छ। 

यसै क्रममा आज जुम्लामा न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

देशभरमा आजको सबैभन्दा कम तापक्रम यही (–३.०) डिग्री सेल्यिसस हो। यसपछि आज सबैभन्दा कम न्यूनतम तापक्रम डडेल्धुरामा ७.० डिग्री सेल्सियस देखिएको छ।

तेस्रो नम्बरमा सबैभन्दा कम न्यूनतम तापक्रम आज ताप्लेजुङमा १०.० डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। 

यस्तै मुलुकको राजधानी काठमाडौँ उपत्यकामा भने आज न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस देखिएको छ। 

अन्य कहाँको तापक्रम कति? हेर्नुहोस् तलको सूची: 

प्रस्तुत तापक्रम विवरण मौसम महाशाखाका स्टेसन भएका स्थानका हुन्। न्यूनतम आजैका हुन् भने अधिकतम हिजो (शुक्रबार) का हुन्। 

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र सार्वजनिक हुनेछ। 

अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। 

आजको मौसम
मौसम महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। अनि कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

यस्तै राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने छ। रातिलाई कतै पनि वर्षा तथा हिमपातको सम्भावना देखिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad