चिनियाँ ईकमर्स कम्पनी अलीबाबाका संस्थापक ज्याक माको फाउन्डेसनले अमेरिकालाई ५ लाख वटा कोरोना भाइरस परीक्षण गर्ने किट दान दिने घोषणा गरेको छ।
फाउन्डेसनले १० लाख मास्क पनि अमेरिकालाई दिने भएको छ।
‘हामीलाई आशा छ, हाम्रो सहयोगले अमेरिकीहरुलाई महामारीविरुद्ध लड्न सहयोग गर्नेछ,’ माले ट्विटमा भनेका छन्।
माको फाउन्डेसनले यसअघि दक्षिण कोरिया, इटली र इरानलाई पनि सहयोग गरिसकेको छ।
— Jack Ma Foundation (@foundation_ma) March 13, 2020Through a donation of 500,000 testing kits and 1 million masks, we join hands with Americans in these difficult times. pic.twitter.com/tGviVhC6Gx
प्रतिक्रिया