ad ad

समाज


कोरोना शंकास्पदको उपचारमा संलग्नलाई ‘प्रधानसेनापति प्रशंसा निशान’

कोरोना शंकास्पदको उपचारमा संलग्नलाई ‘प्रधानसेनापति प्रशंसा निशान’

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार १४:१९,

नेपाली सेनाले चीनको वुहानबाट फर्काइएका १७५ जना नेपालीको उपचारमा संलग्न चिकित्सकहरुलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेको छ।

शुक्रबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रम बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपचारमा संलग्न सैनिक र गैह्र सैनिक व्यक्तिहरुलाई कदर स्वरुप ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्र्दै प्रधानसेनापति थापाले उच्च जोखिमका बावजुद नेपाल सरकारबाट प्रदत्त जिम्मेवारीलाई अहोरात्र खट्टिई निर्वाह गरेको प्रशंसनीय कार्यको लागि धन्यवाद ज्ञापन गरे। उनले यस्तो साहसिक कार्य सबैका लागि प्रेरणादायी हुने विश्वास समेत व्यक्त गरे।

चीनमा कोरोना भाईरसको संक्रमण बढेपश्‍चात चीनमा रहेका १७५ जना नेपाली नागरिकहरुलाई नेपालमा ल्याउने भक्तपुरको खरिपाटीस्थितमा फागुन ४ देखि १८ सम्म क्वारेन्टाइनमा उपचार गर्ने १९ जना सैनिक र १ जना गैह्र सैनिक डाक्टरलाई उक्त निशानबाट सुशोभित गरिएको हो।

नेतृत्व तहबाट गरिएको यस प्रकारको कदर तथा प्रशंसाले सैनिकहरुको कार्य क्षमता, आत्मबल तथा संगठनप्रतिको सकारात्मक भावनामा वृद्धि हुनुको साथै आगामी दिनहरुमा यस प्रकारको मानविय तथा जोखिमपूर्ण कार्यमा स्वत स्फूर्त रुपमा सहभागीताको लागि प्रेरणादायी हुने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .