समाज


बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु

चालक पनि बाँचेनन्, एक यात्रुको अवस्था गम्भीर
बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १०:१६, काठमाडौँ

बागलुङको जैमिनी नगरपालिका-७, जैदीको व्यार्थलानजिकै ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। 

जैमिनी नगरपालिका-८, छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको हो।

मृतकहरूको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले बताए।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेका अनुसार ६ जना सवार भ्यानमा एक जनाको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। उनलाई थप उपचारका लागि धौलागिरि अस्पताल, बागलुङ ल्याइएको छ। 

घटनाको थप विवरण आउन बाँकी रहेको थापाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad