नेपालखबरकर्मी सरोज नेपाल हरि गोपाल प्रधान पत्रकारिता पुरस्कार–२०८० बाट सम्मानित भएका छन्।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालले संस्थाको २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनमा नेपाललाई खेलकुद विधातर्फ फोटो पत्रकार पुरस्कार प्रदान गरिएको हो।
खानेपानीमन्त्री प्रदीप यादवले शनिबार साँझ काठमाडौँमा आयोजित कार्यक्रममा नेपालसहित अन्य ७ जना फोटो पत्रकारहरूलाई प्रमाणपत्रसहित सम्मानित गरे।
खेलकुद विधामा नेपालले गरेको कामको उच्च प्रशंसा गर्दै उनलाई सम्मानित गरिएको हो।
लगभग साढे २ वर्षदेखि नेपालखबरमा कार्यरत फोटो पत्रकार नेपाल विशेषगरी खेलकुद क्षेत्रमा दख्खल राख्छन्।
कार्यक्रममा नेपालसहित ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ फोटो पत्रकार गणेश बिष्ट, ‘साहसिक फोटो पत्रकारिता सम्मान’ सुजन बज्राचार्य, ‘पर्या–पर्यटन फोटोपत्रकारिता सम्मान’ प्रविन श्रेष्ठ, ‘मनोरञ्जन फोटोपत्रकारिता सम्मान’ लेखबहादुर श्रेष्ठलाई प्रदान गरिएको थियो।
Shares

प्रतिक्रिया