बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी दुबई देश लैजाने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–४ घर भइ काठमाडौंको तार्केश्वर नगरपालिका–१० मनमैजु हिलेटोल बस्ने वर्ष ३० को सन्जिव गुरुङ रहेका छन्।
उनले तीनजना पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ।
पीडितहरुले दिएको जाहेरीका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मनमैजु हिलेटोलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।
उनीमाथि १९ लाख ७० हजार रुपैयाँ बिगो कायम गरिएको छ।
90
Shares

प्रतिक्रिया