ad ad

समाज


कोरोनाका कारण भारतमा पहिलो मृत्यु

कोरोनाका कारण भारतमा पहिलो मृत्यु

नेपालखबर
फागुन २९, २०७६ बिहिबार १७:५६,

कर्नाटकाको कालबुर्गीका ७६ वर्षे व्यक्ति कोरोना भाइरसका कारण ज्यान जाने पहिलो भारतीय नागरिक भएको कर्नाटका राज्य सरकारले बिहीबार जनाएको छ।

यसलाई नै कोरोना (कोभिड–१९) का कारण भएको पहिलो मृत्यु मानिएको छ।

बिहीबारसम्म भारतभर कोरोना संक्रमण हुनेको संख्या ७४ पुगेको भारतको युनियन स्वास्थ्य मन्त्रालयले जनाएको समाचार दि इन्डियन एक्सप्रेस लगायत भारतीय सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन्।

भारतमा संक्रमणमा परेका कुल ७४मध्ये १७ इटालियन तथा एक क्यानडेली समेत हुन्।

यसैबीच दिल्ली सरकारले कोरोना भाइरसलाई महामारीको रुपमा घोषणा गर्दै त्यहाँका सबै सिनेमा हल, स्कूल तथा कलेजहरु (जाँच चलिरहेका बाहेक) बन्द गर्ने घोषणा गरेको छ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अत्यावश्यकबाहेक अन्य भ्रमणहरु नगर्न आमजनतालाई आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .