समाज


नेपालमा वैद्यखाना चलाउनका लागि कानुनी बाधा छ : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग

नेपालमा वैद्यखाना चलाउनका लागि कानुनी बाधा छ : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १७:१९, काठमाडौँ

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा सरकारले वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ।

धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवसको अवसर पारेर मंगल काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागले कानुनी अवस्थामा परिवर्तन नगर्ने हो भने नेपालमा वैद्यखाना चलाउने अवस्था नरहेको निस्कर्ष सुनाएको हो।

विभागका महानिर्देशक डा प्रदीप केसीले अमला टिपेर आयआर्जन गर्छु भन्नेहरुलाई समेत १० ठाउँमा कर लगाएर गरिखाने अवस्था नरहेको उल्लेख गर्दै त्यसैकारण नेपालमा कुनैपनि वैद्यखाना सरकारले सञ्चालन गर्न सक्ने अवस्थामा नभएको बताए।

उनले सिंहदरबार बैद्यखानालाई सुचारु गराउन पनि सरकारले विद्यमान कानून अवस्थामा परिवर्तन गर्नुपर्ने बताए। उनले स्वस्थ नागरिक बन्नका लागि योग र ध्यानमा जोड दिन पनि आग्रह गरे।

महानिर्देशक केसीले भने, ‘पाखापखेरामा अहिले अमला पाक्न थाले। त्यसलाई ल्याउनका लागि अहिले १० ठाउँमा टयाक्स तिर्नुपर्दछ। बाँदरले खान छोडिसके त्यो अमला। त्यसलाई कसैले टिपेर बेच्छु नि २ पैसा कमाउँछु भन्न थाल्यो भने त्यो खालको समस्या छन्। यी चिजहरु चेन्ज भएनन भने वैद्यखाना होइन अब जुन वैद्यखाना बनेपनि सरकारले चलाउन सक्दैन। जुडिबुटी त्यस्तै भईसक्यो। आफैँ खेती गर्न त्यो सम्भावना नहोला। यस्तो अवस्था अन्त्य गर्न आवश्यक छ। स्वस्थ बन्ने प्रयास गरौैं सबैले योग, ध्यानमा जोड दिऔं।’

विभागले आयुर्वेद मानव स्वास्थ्यका लागि अति उपयोगी भएकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने पनि जनाएको छ।

महानिर्देशक डा केसीले स्वस्थ मानव बन्नका लागि आयुर्वेदको आवश्यकता र महत्व झनै बढेर गएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad