सरकारले नेपाल सरकारको प्रशासन सेवाका अधिकृत रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यो निर्णय गरेको हो।
बढुवा भएपछि उनलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको छ।
उनी यसअघि पनि सोही कार्यालयमा कायममुकायम प्रमुख सचिवको रूपमा कार्यरत थिए।
45
Shares

प्रतिक्रिया