समाज


धादिङको महादेवबेसीनजिकै माइक्रो दुर्घटना, ११ जना घाइते

धादिङको महादेवबेसीनजिकै माइक्रो दुर्घटना, ११ जना घाइते

नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार १४:५३, काठमाडौँ

धादिङको महादेवबेसी नजिकै नौकिलामा काठमाडौँबाट गोरखा जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ। बागमती प्रदेश ०१ ०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान (ईभी) आफैँ अनियन्त्रित भइ सडकबाट १५–२० मिटर तल दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेर माइक्रोमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि महादेवबेसीस्थित टाइम्स केयर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार नारायणगढ मुग्लिन सडकखण्डमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad