समाज


मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार १९:१२, काठमाडौँ

रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी चोक नजिकै सडकमा मोटरसाइकलले ठक्कर दिँदा बालकको ज्यान गएको छ।

लौकाहाबाट कोपवातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने कृष्णा साहको छोरा ६ वर्षीय आदित्य साहको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल हुँदै नारायणी अस्पताल वीरगञ्ज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad