समाज


पछिल्लो १२ घण्टामा देशभरमा सबैभन्दा बढी वर्षा काठमाडौँमा

पछिल्लो १२ घण्टामा देशभरमा सबैभन्दा बढी वर्षा काठमाडौँमा

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
कात्तिक ४, २०८१ आइतबार २३:१०, काठमाडौँ

पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा काठमाडौँमा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आइतबार राति ११ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार गत १२ घण्टामा देशभरिमै सबैभन्दा बढी वर्षा काठमाडौँमा भएको हो। 

महाशाखाको विवरणअनुसार पछिल्लो १२ घण्टामा काठमाडौँको बूढानीलकण्ठमा २९.८ मिलिमिटर वर्षा भएको हो। यसपछि पनि सबैभन्दा बढी वर्षा काठमाडौँकै धापड्याममा २१.२ र संखुमा १९.२ मिलिमिटर वर्षा भएको छ। 

उक्त अवधिमा देशका अन्य स्थानमा १५ मिलिमिटरभन्दा कम मात्र वर्षा भएको छ। 

हेर्नुहोस् तलको नक्सामा पछिल्लो १२ घण्टामा भएको वर्षा विवरण-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad