ad ad

समाज


कटुवा पेस्तोल र गोलीसहित एक पक्राउ

कटुवा पेस्तोल र गोलीसहित एक पक्राउ

नेपालखबर
फागुन २७, २०७६ मंगलबार १६:१७,

प्रहरीको टोलीले आज साँझ सिरहा नगरपालिका–२१ लकडिगोठबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीचौकी लकडिगोठबाट खटिएको गस्ती टोलीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित सिरहा नगरपालिका– २१ मल्हनियाँ निवासी २२ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो।

बाटोमा श‌ंकास्पदरुपमा हिँडिरहेका अवस्थामा जाँच गर्दा साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएपछि साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .