समाज


भुटानी राजा जिग्मे खेसरले देशभर पठाए आशीर्वादसहित दसैँ टीका

भुटानी राजा जिग्मे खेसरले देशभर पठाए आशीर्वादसहित दसैँ टीका

नेपालखबर
असोज २२, २०८१ मंगलबार १७:५५, काठमाडौँ

विजया दशमीका दिन हिन्दूहरूले लगाउने टीका भुटानका राजा जिग्मे खेसर नामग्यालले देशभरि पठाइएका छन्।

भुटानी राजाका तर्फबाट मंगलबार मात्र आशीर्वादसहित टीका प्राप्त भएको र अब देशभरि पठाइने जानकारी उनको सचिवालयले फेसबुक पेजमार्फत दिएको छ। यसरी पठाइएको टीका जसले लगाउँछन्, उनीहरूले राजाको आशीर्वाद प्राप्त गरेसरह मानिने पनि उनको सचिवालयले उल्लेख गरेको छ।

नेपालमा जस्तै भुटानका हिन्दू धर्मावलम्बीहरूका लागि पनि दसैँ सबैभन्दा महत्त्वपूर्ण चाड हो। दसैँको टीकाका दिन भुटानी राजा त्यहाँका हिन्दू समुदायमाझ पुगेर टीका लगाइदिनेसमेत परम्परा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad