समाज


तस्बिरमा हेर्नुहोस् नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ

तस्बिरमा हेर्नुहोस् नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ

नेपालखबर
असोज २०, २०८१ आइतबार १४:३५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई आज (आइतबार) पद तथा गोपनीयताको शपथ खुवाएका छन्। 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ खाएका हुन्। 

यसअघि राष्ट्रपति पौडेलले आजै बिहान राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए। 

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री,उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारी उपस्थित भएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad