ad ad

समाज


एचआइभी मुक्त पारिएका ‘लन्डन पेसेन्ट’ को पहिचान सार्वजनिक

एचआइभी मुक्त पारिएका ‘लन्डन पेसेन्ट’ को पहिचान सार्वजनिक

नेपालखबर
फागुन २६, २०७६ सोमबार ११:२४,

एचआइभीको संक्रमणपछि उपचार पाएर स्वस्थ हुने उनी विश्वका दोस्रो व्यक्ति हुन्। उनको पहिचान त्यसबेला लुकाइएको थियो। उनको नाम ‘लन्डन पेसेन्ट’ राखिएको थियो।

तर हालै उनको पहिचान सार्वजनिक भएको छ। उनी भेनेजुएलामा जन्मिएका लन्डन निवासी ४० वर्षका आडम कास्टिलेजो भएको न्युयोर्क टाइम्सले जनाएको छ।

कास्टिलेजो आफैंले आफ्नो पहिचान सार्वजनिक गरेका हुन्। उनी भन्छन्,‘म एचआइभी र क्यान्सरले ग्रस्त मानिसहरुमा आशा जगाउन चाहन्छु।’

२३ वर्षको उमेरमा एचआइभीको संक्रमणले ग्रस्त बनेका कास्टिलेजोले बाँच्ने आशा गुमाइसकेका थिए।

उनले गतवर्ष स्वस्थ्य भएपछि भनेका थिए,‘मैले सबैभन्दा भयानक कुराको अनुभव गरेको छु। म आशाको दूत बन्न चाहन्छु।’

Adam Castillejo, better known in the scientific literature as the “London patient,” says he wants to be an “ambassador of hope.”

पहिले एचआइभीको संक्रमण भएपछि मृत्युदण्डको सजाय पाए सरह हुन्थ्यो। तर विज्ञान र प्रविधिको विकाससँगै एचआइभीले कमजोर बनाउने मानिसको प्रतिरक्षा प्रणाली मजबुत बनाउने औषधि बन्न थालेको छ।

सन् २०११ सम्म कास्टिलेजो औषधिको सेवनले स्वस्थ नै थिए। तर उनमा क्यान्सर पनि देखियो। स्टेज फोर लिम्फोमाले उनको मेरुदण्ड, फोक्सो र कलेजोमा समस्या देखिएको थियो।

राम्रो उपचार पाएका कारण उनी स्वस्थ रही रहे तर पूर्ण स्वस्थ भएका थिएनन्। सन् २०१६ मे १३ का दिन उनमा बोनम्यारो ट्रान्सप्लान्ट गरिएको थियो। जसले उनको क्यान्सर निको भयो।

बिस्तारै औषधि र नयाँ बोनम्यारोका कारण उनको शरीरको प्रतिरक्षा प्रणालीमा सुधार हुँदै गएपछि उनमा लागेको एचआइभी पनि ठिक भएको थियो। कास्टिलेजोले सन् २०१७ को अक्टोबरमा एन्टीरेट्रोभाइरल औषधिको प्रयोग गरेका थिए।

सन् २०१९ मा उनी स्वस्थ भएको घोषणा गरिएको थियो। हालसम्म एचआइभी लागेका २ व्यक्ति स्वस्थ बनेका छन्। कास्टिलेलो भन्दा १२ वर्ष अगाडि ‘बर्लिन पेसेन्ट’ नाम दिइएका व्यक्ति पनि एचआइभीको उपचारपछि स्वस्थ बनेका थिए। जर्मनीका उनको नाम टिमोथी रे ब्राउन हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .