ad ad

समाज


होली खेल्दा रङको असरबाट बच्ने उपाय

होली खेल्दा रङको असरबाट बच्ने उपाय

नेपालखबर
फागुन २६, २०७६ सोमबार ९:३५,

होलीमा रङको व्यापक प्रयोग हुन्छ। रङले अनुहारको छालामा प्रत्यक्ष असर गर्छ। अझ सुख्खा छालाले रङ छिटो सोस्ने गर्छ।

अचेल धेरै प्रयोगमा आउने रङ्गीचङ्गी निलो, गुलाबी, कालो, बैजनी, हरियो रङ बनाउन प्रयोग हुने रसायनहरूले छालामा असर गरी एलर्जी, चिलाउने, इरिटेसन हुने, सुन्निने, फोका आउने, रातो डाबर आउने हुनसक्छ।

रङ बनाउन प्रयोग हुने रसायनले क्यान्सरसम्म गराउन सक्ने चिकित्सकहरु बताउँछन्। रङले गर्दा आँखा रातो हुने, चिलाउने, सुन्निने, कमजोर हुने र दीर्घकालीन रूपमा दृष्टि गुम्ने सम्भावना पनि हुन्छ।

होली खेल्दा ध्यान दिनुपर्ने कुरा
–होली खेल्दा उज्यालो रङको र पूरा बाउला भएको लुगा लगाउनुपर्छ।
–आँखामा चस्माको प्रयोग गर्नुपर्छ।
–होली खेल्नुअघि अनुहार र बाहिर देखिएका शरीरका अरू भागमा सन ब्लक क्रिम, मोइस्चराइजर वा नरिवलको तेलको प्रयोग गर्नुपर्छ।
–सफा पानीको प्रयोग गर्नुपर्छ।
–रसायन र लिड नमिसिएको गुणस्तरीय रङको प्रयोग गर्नुपर्छ। सकेसम्म रङको प्रयोग कम गर्नुपर्छ।
–अरूलाई रङ लगाइदिँदा आँखामा नपर्ने गरी लगाइदिनु पर्छ।
–रङले कपालमा पनि असर गर्ने भएकोले विशेषगरी केटीहरुले कपाल एकै ठाँउमा पोको पारेर जुरो बनाउँदा ठिक हुन्छ।

होली खेलिसकेपछि ध्यान दिनुपर्ने कुरा
–स्याम्पु र साबुनको प्रयोग गरी राम्रोसँग नुहाउनु पर्छ।
–नुहाउदा आँखा र मुखभित्र रङ पखालेको पानी नपरोस भनेर ध्यान पुर्‍याउनुपर्छ।
–धेरै रङ लागेको ठाउँमा साबुन लगाएर हल्कासँग मिचेर पखाल्नु पर्छ। मज्जाले मिच्दा रातो डाबर आउन सक्छ।
–नुहाइसकेपछि अनुहार र सम्पूर्ण शरीरमा मोइस्चराइजरको प्रयोग गर्नुपर्छ।
–यी सबै गर्दा पनि शरीरमा समस्या देखिएमा, एलर्जी भएमा, डाबर आएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .