काठमाडौँका छुट्टाछुट्टै स्थानमा दुईजना मृत अवस्थामा फेला पररेका छन्।
गोकर्णेश्वर नगरपालिका–३, सुन्ताखानस्थित तारेभिर घलानटोल बस्ने ६८ वर्षीय सूर्य तामाङ मृत फेला परेका हुन्।
उनी सोही ठाउँस्थित खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका काठमाडौँ प्रहरीले जानकारी दिएको छ।
यस्तै दक्षिणकाली नगरपालिका–८, मखुबेसीमा पनि एक जना मृत फेला परेका छन्।
बागमती नदीको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूषको शव बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ।
456
Shares

प्रतिक्रिया