हाल देशभर मौसम आंशिकदेखि साधारणतया बदली (कतै थोरै बादल, कतै धेरै बादल) छ। कोसी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आज राति (भन्नाले भोलि बिहान ६ बजेसम्मको अवधि) देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ।
अनि कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।
सोमबार र मंगलबार कस्तो होला मौसम?
असोज १४ गते सोमबार
रातिː कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी र गण्डकी प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
असोज १५ गते मंगलबार
दिउँसोː कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
रातिः कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
Shares
प्रतिक्रिया