काभ्रेपलाञ्चोकको ३७ किलोमा भएको ट्रक दुर्घटनामा परेर गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ।
धुलिखेलबाट पाँचखातर्फ गइरहेको बा ५ ख १२८१ को ट्रक आफैँ अनियन्त्रित भएर अरनीको राजमार्गमा पर्ने ३७ किलो भन्ने ठाउँमा बिहीबार दुर्घटना भएको थियो।
उक्त ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका चालक सिन्धुलीको मरिण गाउँपालिका–१का २८ वर्षीय रमेश ठाडाको उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो।
अस्पतालमा दिउँसो सवा ३ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
३७ किलोस्थित केराघारी भन्ने ठाउँमा सडकबाट लगभग ७० मिटर तल खसेर उक्त आइचर गाडी (ट्रक) दुर्घटनामा परेको हो।
उनको टाउकोको पछाडि र च्यापुमा चोट लागेको थियो।
420
Shares

प्रतिक्रिया