ad ad

राजनीति


स्थानीय तह उपनिर्वाचनको कार्यतालिका : मंसिर २ गते उम्मेदवारी दर्ता (तालिकासहित)

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका : मंसिर २ गते उम्मेदवारी दर्ता (तालिकासहित)

नेपालखबर
असोज १०, २०८१ बिहिबार १६:११, काठमाडौँ

निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आगामी मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचनको कार्यतालिका आयोगले बिहीबार सार्वजनिक गरेको हो। 

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार, मंसिर २ गते उम्मेदवारीको मिति तय गरिने बताइएको छ। 

आयोगका सहसचिव तथा प्रवक्ता नारायण सापकोटाका अनुसार, सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची सार्वजनिक गरिनेछ।

उम्मेदवारीमाथि विरोधको उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ। सोहीदिन दिउँसो ३ बजेदेखि ४ गते साँझ ५ बजेसम्म मनोनयमपत्र र उजुरीमाथि जाँचबुझ एवम निर्णय गरेर साँझ ५ देखि ६ बजेसम्म निर्वाचन अधिकतृको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन हुने प्रवक्ता सापकोटाले जानकारी दिए। 

मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने छ भने त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन  हुने जारी विज्ञप्तिमा जनाइएको छ।

र्घटना, प्रकोप र रोगव्याधिलगायत कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका विभिन्न ४० पद खाली छन्।

जसमा जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी ४० पद रहेका छन्।

उपनिर्वाचन हुन लागेकामध्ये नेपाली कांग्रेसको तर्फबाट २ जिल्ला समन्वय समिति प्रमुख, ३ पालिका प्रमुख, ३ पालिका उपप्रमुख र १७ वडाध्यक्ष गरी २५ जनप्रतिनिधि निर्वाचित भएका थिए।

त्यस्तै, नेकपा माओवादीले २ पालिका उपाध्यक्ष र ५ वडाध्यक्ष गरी जम्मा ७ पद जितेको थियो। नेकपा एमालेले ६ वडाध्यक्ष जितेका थिए।

जनता समाजवादीले जितेको १ वडाध्यक्ष र स्वतन्त्र (कैँची)ले जितेको १ वडाध्यक्ष पद पनि रिक्त रहेकाले उपनिर्वाचन हुँदै छ।

विज्ञप्तिः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .