ad ad

समाज


पुथाउत्तरगंगाकी उपाध्यक्षलाई प्रचण्डले आर्यघाटमा गएर दिए श्रद्धाञ्जली

पुथाउत्तरगंगाकी उपाध्यक्षलाई प्रचण्डले आर्यघाटमा गएर दिए श्रद्धाञ्जली

नेपालखबर
असोज १, २०८१ मंगलबार १३:३४, काठमाडौँ

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। 

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर बुढाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरे। 

बुढालाई श्रद्धाञ्जली दिन प्रचण्डसँगै उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’, पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्ती, स्थायी समिति सदस्य गणेशमान पुन,  केन्द्रीय सदस्य दलजित सिर्पालीलगायत नेता, कार्यकर्ता, शुभेच्छुक, आफन्त आर्यघाट पुगेका थिए। 

नेकपा माओवादी केन्द्रको तर्फबाट पालिका उपाध्यक्षमा निर्वाचित बुढाको गत भदौ २८ गते बाग्लुङको गलकोट नगरपालिका २ भुङखानीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो। उनीसँगै आमा ६१ बर्सिया गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष  जसबहादुर सिर्पालीको पनि दुर्घटनामा निधन भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .