ad ad

समाज


ताप्लेजुङमा मध्यराति भूकम्पको धक्का

ताप्लेजुङमा मध्यराति भूकम्पको धक्का

नेपालखबर
भदौ ३०, २०८१ आइतबार ६:३५, काठमाडौँ

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ। 

गएराति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा‍.लोकविजय अधिकारीले जानकारी दिए। 

यो भूकम्पको धक्का ताप्लेजुङ आसपासका जिल्लामा पनि महशुस गरिएको छ। मध्यराति भूकम्प गएपछि मानिसहरु डराएर घर बाहिर निस्किएका थिए। 

यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .