ad ad

समाज


मुना हत्याका अभियुक्त बब्बीसिंहलाई लगियो अदालत, धरौटीमा छाड्न अस्वीकार

मुना हत्याका अभियुक्त बब्बीसिंहलाई लगियो अदालत, धरौटीमा छाड्न अस्वीकार

फाइल तस्बिर : मुना पाण्डे र अभियुक्त बब्बीसिंह शाह


नेपालखबर
भदौ १९, २०८१ बुधबार ८:३०, काठमाडौँ

अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनमा नेपाली छात्रा मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बब्बीसिंह शाहलाई मंगलबार अदालत पेस गरिएको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार पनि अदालतले अभियुक्त ५१ वर्षीय शाहलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ।  

मुनाको हत्या भएको केही दिनपछि पक्राउ पर्दा पनि शाहले रगतका दाग लागेका कपडा  नै लगाएको मंगलबार अदालती सुनुवाइका क्रममा अभियोजकहरूले बताए।

मुनालाई शरीरमा तीनपटक र टाउकोको पछाडि एकपटक गोली हानेको अभियोजकहरूले अदालतसमक्ष बताए। 

यही अगस्ट २६ तारिख साँझ पाण्डे आफ्नै अपार्टमेन्टको ओछ्यानमै गोली लागेको अवस्थामा मृत भेटिइएकी थिइन्।

घटना अनुसन्धानका क्रममा ह्युस्टन प्रहरीले मुना एक्लै बस्ने गरेको अपार्टमेन्टबाट एकजना संदिग्ध पुरुष बाहिरिँदै गरेको सीसीटीभी फुटेज फेला परेको थियो।

त्यही आधारमा प्रहरीले शाहलाई अगस्ट २८ राति ८ बजे उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपबँट पक्राउ गरेको थियो। हाल उनलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ।

अभियुक्त शाहविरुद्ध २६२औँ स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको छ।

यसैबीच मुनाका साथी दीपेन्द्र कुँवरले उनलाई एक अपरिचित व्यक्तिले एक वर्षदेखि नै पछ्याइरहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .