नेपाल आँखा अस्पताल र काठमाडौँ महानगरपालिका वडा नम्बर १२ बीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ। मंगलबार अस्पताल र वडाबीच निःशुल्क आँखा स्वास्थ्य सेवा प्रदान गर्नेगरी सम्झौता भएको हो।
सम्झौतामा वडाको तर्फबाट वडाध्यक्ष बालकृष्ण महर्जन र अस्पतालका कार्यकारी अधिकारी धर्मराज गोसाईंबीच दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।
उक्त सम्झौतापछि वडाबासीले थप सुविधान प्राप्त गर्ने विश्वास लिएको वडाध्यक्ष महर्जनले बताए।
त्यस्तै, अस्पतालका कार्यकारी निर्देश्न गोसाईंले परीक्षणका रुपमा यस कार्यक्रम सञ्चालन गरिएको र भविष्यमा अझै प्रभावकारी बनाउने बताए।
300
Shares

प्रतिक्रिया