समाज


टेकु अस्पतालको आइसोलेसनबाट भागेका बिरामी विराटनगरमा भेटिए

टेकु अस्पतालको आइसोलेसनबाट भागेका बिरामी विराटनगरमा भेटिए

नेपालखबर
फागुन २२, २०७६ बिहिबार १०:१७,

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डबाट भागेका बिरामी सम्पर्कमा आएको अस्पतालले जनाएको छ।

कोरियाबाट फर्केका ती युवा कोरोना भाइरस (कोभिड –१९) को संक्रमणको आशंकामा बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए। उनी बुधबारै राति ८ बजे अस्पतालबाट भागेका थिए।

अस्पतालबाट भागेर उनी विराटनगर पुगेको र उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान आग्रह गरिएको टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिए। प्रतिष्ठानमा पनि आइसोलेसन वार्ड रहेका कारण उनलाई त्यही राख्ने तयारी गरिएको उनले जानकारी दिए।

अस्पतालले ती युवालाई कोरोना भाइरसको संक्रमण नभएको र सामान्य घाँटीमा समस्या भएको अस्पतालका प्रवक्ता डा. अनुप बास्कोटाले जानकारी दिए।

संक्रमणको आशंकामा अस्पतालमा अहिले कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली, भारतबाट आएका एक जना फ्रेन्च नागरिक भर्ना भएका छन्। उनीहरुको बिहीबार कोरोनाको परीक्षण बिहीबार गराइने भएको छ।

अस्पतालमा ४ जना शंकास्पद बिरामी भर्ना अस्पतालका प्रवक्ता डा।अनुप बाँस्तोलाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad