समाज


अमेरिकामा पनि मनाइयो गौरा, नन्दकृष्ण जोशीले गाए देउडा

अमेरिकामा पनि मनाइयो गौरा, नन्दकृष्ण जोशीले गाए देउडा

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १९:०, विस्कान्सिन, अमेरिका

अमेरिकाको विस्कान्सिन राज्यस्थित मिल्वाकी सहरमा गौरा पर्व मनाइएको छ।

गौरा सामाज विस्कान्सिनको आयोजनामा सोमबार मिल्वाकी सहरस्थित हिन्दु मन्दिर परिसरमा गौरा पुजन तथा देउडा कार्यक्रम सम्पन्न गरिएको हो। 

स्थानीय नेपाली सहभागी कार्यक्रममा वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले आधा दर्जन देउडा गीत गाएका थिए। 

गौरा नेपालका सुदूरपश्चिमवासीले मनाउने प्रमुख चाड हो। विस्कान्सिन राज्यको मिल्वाकी सहरमा मात्रै सयभन्दा बढी सुदूरपश्चिमेली परिवार रहेको आयोजक गौरा समाजका संयोजक वासुदेव जोशीले बताए।

देउडा गीत प्रस्तुत गर्नुअघि स्थानीय पण्डित जगदीश आचार्यले सोमबार बिहान महिलाहरूलाई गौरा माताको पूजा गर्न लगाएका थिए। 

ओ बाँझ झुमरेली बाज, झुम्के डालीमालगायत चर्चित देउडामा स्थानीय नेपाली झुमेका थिए। झण्डै ६ घण्टा चलेको सांस्कृतिक कार्यक्रममा एनआरएनए विक्वान्सिनका अध्यक्ष राजकुमार हमाल, नेपाली कांग्रेस विश्व सञ्जालका अध्यक्ष विष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति विस्कान्सिनका अध्यक्ष राजेन्द्र ओझा (राजु), अमेरिकाका सल्लाहकार वासुदेव अधिकारी, प्रवासी नेपाली मञ्चका अध्यक्ष तिलक केसी, एनआरएनए विक्सान्सिनका उपाध्यक्ष भीमसेन थापा, युवा व्यवसायी तथा समाजसेवी डिल्लीराज फुलारा, मिल्वाकी नेपाली फुटबल क्लबका अध्यक्ष समिर फुयाँल, गौरा समाजका सदस्य अनिल विष्ट, व्यवसायीहरू हेमराज शर्मा, तर्क ओझा, लोकराज भट्ट, मानव अधिकारी तथा समाजसेवी नरेन्द्र रेग्मीलगायतको उपस्थिति थियो।

गौरा समाजले सन् २०१६ देखि हरेक वर्ष निरन्तर रूपमा गौरा पूजन तथा देउडा कार्यक्रम आयोजना गरिरहेको समाजसेवी तथा व्यवसायी गोविन्द फुलाराले जानकारी दिए।

देउडा गायक जोशीलाई धन्यवाद दिदैँ फुलाराले परदेशमा हुने यसखाले सांस्कृतिक कार्यक्रमले संस्कृति जेगर्ना हुनाका साथै नेपालीहरूबीच भाइचारा र एकता कायम गर्न मद्दत पुग्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad