कारोबार


अटो सोमा सीजी मोटर्सका ८ स्टल, ४ नयाँ ब्रान्ड (भिडिओ)

अटो सोमा सीजी मोटर्सका ८ स्टल, ४ नयाँ ब्रान्ड (भिडिओ)

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १९:४, काठमाडौँ

नाडा अटो सो २०८१ लाई लक्षित गरी सीजी मोटर्सले नेपाली बजारमा ४ वटा नयाँ ब्रान्ड सार्वजनिक गरेको छ।

नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले ४ विभिन्न नयाँ ब्रान्डहरु सार्वजनिक गरेको हो। नाडा अटो शो शुभारम्भ भएसँगै नेपालको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए। 

सीजी मोटर्सले नाडा अटो सोमार्फत नेपाली बजारलाई सुहाउँदो अवतार, एक्सपेङ, रिडारा र हिरो गरी ४ नयाँ ब्रान्ड सार्वजनिक गरेको हो। यी ४ नयाँ ब्रान्ड सार्वजनिक भएसँगै सीजी मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको ब्रान्डको संख्या १० पुगेको छ। यसपालिको नाडा अटो सोमा नेटा, एक्सपेङ, अवतार, आयन, रिडरा, सीजी केवाईसी, किङलङ र हिरो गरी सीजी मोटर्सका ८ वटा स्टल रहेका छन्।

सीजी मोटर्सले नाडा अटो सोमार्फत नै नेपाली बजारमा अवतार सार्वजनिक गरेको छ। अवतारको अवतार११ मोडल नाडा अटो शोमार्फत सार्वजनिक भएको हो। अवतार सवारी साधन उत्पादक कम्पनी चांगन, प्रविधि कम्पनी हुवावे र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी सीएटीएलको साझेदारीमा उत्पादन भएको ब्रान्ड हो। 

कम्पनीका अनुसार अवतार११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरीयस र फ्युचुरीस्टिक एसयूभी हो भने उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्दछ।

अवतार११ मा १९० केडब्लुको मोटर जडित छ भने ९० केडब्लुएच र ११६ केडब्लुएचको ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ। इच्छुक ग्राहकहरुले‌ नाडा अटो सोको स्टल नम्बर एच१३ मार्फत थप जानकारी पाउन सक्नेछन्। 

भिडिओ

नाडा अटो सोको स्टल नम्बर जी१२ मा रहेको एक्सपेङ सीजी मोटर्सले सार्वजनिक गरेको अर्को ब्रान्ड हो। एक्सपेङ को जी६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दावी रहेको छ।

१९० केडब्लु मोटर र 66 केडब्लु ब्याट्री रहेको एक्सपेङ जी६ले २१५ केडब्लुसम्मको डीसी फास्ट चार्ज सपोर्ट गर्छ भने १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न मात्रै २० मिनेट लाग्नेछ।

त्यसैगरी नाडा अटो सोमार्फत नै सार्वजनिक गरेको अर्को ब्रान्ड हो रिडारा। नाडा अटो सोको स्टल नम्बर ए९ मा रहेको रिडाराले नेपाली बजारमा रिडारा आरडी६ सार्वजनिक गरेको हो। ६३ केडब्लुएच ब्याट्री र २०० केडब्लु पिक मोटर पावर रहेको रिडारा आरडी६ले ३७७ किलोमिटरको रेन्ज प्रदान गर्नेछ।

नेपाली बजारमा लोकप्रिय नेटा भीको सफलतापश्चात् नेटाले नयाँ मोडल, नेटा एक्स नाडामार्फत सार्वजनिक गरेको छ। नेटा एक्स स्टल नम्बर ए३मा रहेको छ र ग्राहकहरुले उक्त स्टलबाट नेटा एक्सको अनुभव लिन सक्नेछन्। कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेन्जसहित नेटा एक्समा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिनेछ।

सीएटीएलको ब्याट्री जडित नेटा एक्सलाई फुल चार्ज गर्न ९ घण्टा लाग्दछ भने फास्ट चार्जमार्फत उक्त गाडीलाई ३० मिनेटमै चार्ज गर्न सकिनेछ।

त्यसैगरी स्टल नम्बर बी५मा रहेको आयनले नाडालाई लक्षित गरी आयन वाई, आयन भी, हाइपर र हाइपर एचटी प्रदर्शनमा छ र सँगसँगै स्टल नम्बर एम१३ बाट हिरोमार्फत सीजी मोटर्सले दुई पाङ्ग्रे सेगमेन्टमा आफ्नो सेवा विस्तार गरेको छ। उक्त स्टलमा हिरोको करिज्मा एक्सएमआर, एक्स-पल्स प्रो २०० ४भी, एक्स-ट्रिम १६० आर४, एक्स-ट्रिम १२५ आर र जुम११० प्रदर्शनमा रहेका छन्।

यससँगै सीजी मोटर्सको प्यासेन्जर सेगमेन्टमा नेपालकै सर्वाधिक बिक्री हुने इलेक्ट्रिक भ्यान, सीजी केवाईसी स्टल नम्बर जे२मार्फत प्रदर्शन गरिएको छ।

नाडा अटो सोमार्फत सीजी केवाईसीले पर्यटन क्षेत्रलाई लक्षित गर्दै कम्फर्ट र सुरक्षालाई प्राथमिकता राख्दै सीजी केवाईसीको ७ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ र उक्त गाडीले यात्रुहरुलाई लक्जरी र सुरक्षित यात्राको अनुभव प्रदान गर्नेछ।

सीजी केवाईसीले एक फुल चार्जमा ३०० किलोमिटरको रेन्ज प्रदान गर्दछ भने डुअल एरब्याग, एबीएसजस्ता उत्कृष्ट सेफ्टी फिचर्सहरु समावेश गरिएको छ।

यसैगरी लामो रुटको यात्राको लागि लक्जरीयस र कम्फर्टेबल यात्राको समाधानस्वरुप सीजी मोटर्सले किङ्गलङ्ग १९ सिटर, १६ सिटर र १५ सिटर सार्वजनिक गरेको छ र उक्त गाडी नाडाको स्टल नम्बर जे१ मा प्रदर्शनमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad