काठमाडौँको टुँडिखेलमा सोमबार (भदौ १०) दिउँसो गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्ने दुई युवक पक्राउ परेका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित कार्यक्रममा युवाहरूले चर्को नाराबाजी गरेका थिए।
चाडपर्वको कार्यक्रममा पुगेर नाराबाजी गर्दै बिथोल्न खोजेको आरोपमा प्रहरीले मंगलबार दुई जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले नेपालखबरलाई जानकारी दिए।
‘दुई जना पक्राउ परेका छन्, अन्यमाथि अनुसन्धान हुँदैछ,’ रजौरेले भने। विभिन्न मिडयामा आएका भिडिओ र टुँडिखेल वरिपरिका सीसीटीभी फटेजका आधारमा अन्यलाई पहिचान गर्ने निर्णय भएको जानकारी दिए।
युवाहरूले नेताहरूप्रति आक्रोशित हुँदै ‘मुर्दावाद’को नारा लगाएका थिए। युवाहरूको उक्त शैलीप्रति ओली र देउवा दुवैले सम्बोधनको क्रममा आपत्ति जनाएका थिए।
देउवाले ती युवाहरूलाई ‘बदमास’ भन्दै आक्रोश पोखेका थिए।
पूरै सम्बोधन ती युवाहरूप्रति आक्रोशित भएका देउवाले अन्तिममा भनेका थिए, ‘अर्काको कार्यक्रम बिथोलेर बसेका छन्। यहाँ को को त्यस्ता छन्, तीनलाई ठिक पार्नुपर्छ।’
Shares

प्रतिक्रिया