समाज


पूर्ण अधिकारसहितको नागरिकताको लागि लडिरहन्छौं : एनआरएनए अध्यक्ष डा केसी

पूर्ण अधिकारसहितको नागरिकताको लागि लडिरहन्छौं : एनआरएनए अध्यक्ष डा केसी

नेपालखबर
भदौ १०, २०८१ सोमबार ३:६, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा बद्री केसीले संविधानले गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गरे पनि पूर्ण अधिकारसहितको नागरिकताको लागि पैरवी जारी राख्ने बताएका छन् ।

डा. केसीले तमु धीँ यूकेद्वारा आइतबार लन्डनस्थित केम्प्टनपार्कमा आयोजित १५ औँ नेपाली मेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

डा केसीले विदेशमा रहेका नेपालीको एकता कायम राख्दै गैरआवासीय नेपाली नागरिकता वितरणका समस्या समाधानका लागि पनि प्रयासरत रहेको जानकारी बताए। यस क्रममा सरकारका विभिन्न निकायसँग सहकार्य र गृहकार्य गरिरहेको उनको भनाइ थियो।

गत वर्षदेखि वितरण थालिएको गैरआवासीय नागरिकताको कार्यान्वयनमा रहेका समस्या सम्बोधन चाँडै हुने आश्वासन सरकारबाट पाएको र आगामी अक्टोबर महिनाभित्र पूर्ण रुपमा कार्यान्वयनमा आउने दाबी पनि गरे।

डा. केसीले समान पेन्सन र अधिकारको लागि आन्दोलनरत भूपू गोर्खा आन्दोलनप्रति गैरआवासीय नेपाली संघको ऐक्यबद्धता रहेको बताउँदै भूपूगोर्खाहरुको माग सम्बोधन गर्न मन्त्रीस्तरीय वार्ता हुनुपर्नेमा जोड दिए । 
हरेका वर्ष तमु धीँ यूकेले आयोजना गर्ने सो मेलामा ४२ वटा संघसंस्थाहरुले नेपाली भाषा, भेषभूषा, संस्कृति झल्किने झाँकीहरु प्रस्तुत गरेका थिए।
तमु धीँ यूकेका अध्यक्ष हरि गुरुङको सभापतित्वमा सम्पन्न मेलालाई सम्बोधन गर्दै नेपाली दूतावास लण्डनकी कार्यवाहक राजदूत रोशन खनालले मेला बेलायतमा नेपाली भाषा तथा संस्कृतिको प्रवर्धन गर्न सफल भएको बताइन् ।  

मेलामा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने समूहलाई पुरस्कृत गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad