ad ad

समाज


विश्वभर कोरोनाभाइरसबारे फैलिएका भ्रम र त्यसको सत्यता यस्ता छन्...

विश्वभर कोरोनाभाइरसबारे फैलिएका भ्रम र त्यसको सत्यता यस्ता छन्...

नेपालखबर
फागुन २१, २०७६ बुधबार ११:२५,

३२ सय ३ को मृत्यु भइसक्दा उपचारपछि ५० हजार ६९१ स्वस्थ बनेका छन्। चीनमा मात्र ८० हजार २७० कोरोनाबाट संक्रमित छन् र त्यहाँ २ हजार ९८१ को मृत्यु भइसकेको छ।

कोरोनाभाइरस हाल ८० भन्दा बढी मूलुकमा देखिएको छ। यसबीचमा इन्टरनेटका कारण विश्वभर कोरोनाभाइरस बारे भ्रमहरु फैलिएका छन्।

भ्रमले मानिसहरु झनै त्रसित बनेका छन्। विश्व स्वास्थ्य संगठनले गलत सूचना र हल्ला फिजिने कार्यलाई ‘भ्रामक सूचनाको प्रकोप’ भनेको छ।

यहाँ केही भ्रमको बारेमा चर्चा गरिएको छः

भ्रम १. कोरोनाभाइरस मानिसले निर्माण गरेको हो

सत्यताः चीन र पश्चिमा मूलका वैज्ञानिकहरुले यो भनाइमा कुनै सत्यता नभएको बताएका छन्। यद्यपी यो भाइरस मानिसले नै निर्माण गरेको भनेर यतिबेला हल्ला फैलिरहेको छ। वैज्ञानिकहरुले कोभिद–१९ केबाट सरेको हो भनेर हालसम्म पत्ता लगाउने प्रयास गरिरहेका छन्। यद्यपी प्ररम्भिक अनुसन्धानले चमेरा र सर्पबाट यस भाइरस सरेको हुनसक्ने देखिएको छ।

भ्रम २. घरेलु उपचारले कोरोनाभाइरस निको हुन्छ

सत्यताः हालसम्म विश्वका वैज्ञानिकले कोरोनाभाइरसको भ्याक्सिन निर्माण गर्न सकेका छैनन्। त्यसैले घरेलु उपचारले कोरोनाभाइरस निको हुने विषयमा विश्वास नगर्न चिकित्सकहरुले सुझाब दिएका छन्। विश्व स्वास्थ्य संगठनले विश्वभर २० भन्दाबढी भ्याक्सिन निर्माण भइरहेको बताएको छ। भ्याक्सिन निर्माण गर्न करिब एक वर्ष लाग्नसक्ने बताइएको छ। चिकित्सकहरुले कोरोनाको संक्रमणबाट बच्नका लागि भीडभाडमा नजाने, हात समयसमयमा धुने, रुमालले मुख र नाक छोपेर खोक्न सुझाव दिएको छ। रुघाखोकी र ज्वरो बढेमा डाक्टरकोमा जान पनि चिकित्सकहरुले सुझाव दिएका छन्।

भ्रम ३. मास्क लगाए कोरोनाबाट बचिन्छ

सत्यताः अमेरिकाको रोग नियन्त्रण केन्द्रका अनुसार जो स्वस्थ छन् उनीहरुले मास्क लगाउन जरुरी छैन। तर जसलाई कोरोनाको संकेत देखिएको छ उनीहरुले भने मास्क लगाउनु पर्नेछ। यसरी एकबाट अर्कोमा कोरोनाको संक्रमण फैलिँदैन। सीएनएन

यो पनि।

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .