ad ad

समाज


रामेछाप पहिरो: ३ वटा घरका सबै बेपत्ता, एउटा घरबाट २ वटा शव निकालियो

रामेछाप पहिरो: ३ वटा घरका सबै बेपत्ता, एउटा घरबाट २ वटा शव निकालियो

घटनास्थल/तस्बिर सामाजिक सञ्जाल


नेपालखबर
भदौ ९, २०८१ आइतबार ८:७, काठमाडौँ

रामेछापकाे दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति पहिरोमा परेर बेपत्ता भएकामध्ये एक शिशुसहित २ जनाको शव फेला परेको छ। 

३० वर्षीया चण्डिका श्रेष्ठ र १८ महिने बालक आमुस श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेले जानकारी दिए। 

‘पहिरोले तीनवटा घर पूर्णरुपमा बगाएको छ। त्यो घरका सबै बेपत्ता छन्,’ न्यौपानेले नेपालखबरसँग भने, ‘पहिरोले बगाएको ३ वटा घरमा कति मान्छे थिए खुलेको छैन। हाम्रो टोली भर्खरै घटनास्थलमा पुगेर उद्धारमा खटिएको छ।’

दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति साढे ३ बजे पहिरोले चार घर बगाएको उनले बताए। 

केही बेरअघि रामेछापका प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहले पहिरोमा ८ जना बेपत्ता भएको जानकारी दिएका थिए। 

तर, सूचना अधिकारी न्यौपानेले भने बेत्ताहरुको यकिन गर्न बाँकी रहेको बताए। 

‘पहिरोले ३ वटा घर पूर्णरुपमा र एउटा घरमा आंशिक क्षति गरेको छ,’ उनले भने, ‘आंशिक क्षति भएको घरबाट ३० वर्षीया चण्डीका श्रेष्ठ र १८ महिने बालक आमुस श्रेष्ठको शव फेला परेको हो। सोही घरबाट अर्का एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। घाइतेको घटनास्थल नजिकै चिकित्सकको टोलीले उपचार सुरु भइसकेको छ।’

इन्सपेक्टर न्यौपानेले स्थानीयले ३ घरका सबै बेपत्ता भएका भनेर जानकारी गराएको बताए।  ‘तीनवटा घरमा कति मान्छे बस्थे खुलेको छैन। बेपत्ताको खोजतलास जारी छ। तीनवटा घरमा बस्ने सबै बेपत्ता भएका छन्। ८ जना हुन् कि कति हुन् यकिन भन्न सक्ने अवस्था छैन।’ 

घटनास्थलमा रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहित तीनवटै सुरक्षा निकायका प्रमुख जाँदैछन्। 

घटनास्थल रामेछाप सदरमुकाम मन्थलीबाट झण्डै ५० किमी टाढा पर्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .