समाज


भारतीय वायु सेनाको जहाजले लग्यो मर्स्याङ्दी बस दुर्घटनामा ज्यान गुमाएका २५ जनाको शव

भारतीय वायु सेनाको जहाजले लग्यो मर्स्याङ्दी बस दुर्घटनामा ज्यान गुमाएका २५ जनाको शव

नेपालखबर
भदौ ८, २०८१ शनिबार १७:२९, काठमाडौँ

तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दीमा खसेको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव भारत लगिएको छ। भारतीय वायु सेनाको जहाजले भरतपुर विमानस्थलबाट उक्त शवहरू लगेको सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) चिरञ्जिवी शर्माले नेपालखबरलाई जानकारी दिए। 

चितवन मेडिकल कलेजमा पोस्टमार्टमपछि शनिबार उक्त शवहरू भारत पठाइएको हो। मृतक २७ मध्ये २५ जनाको शव भारतीय वायु सेनाको जाहाजमार्फत पठाइएको हो। 

अन्य दुई वटा शवहरू भने स्थलमार्ग हुँदै भारत पठाइएको शर्माले बताए। ‘चालक र सहचालकको शव नजिक पर्ने भएकाले स्थलमार्गबाट पठाइएको छ,’ उनले भने। 

मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि भरतपुर आएकी थिइन्। उनी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेलाई भेटेर भरतपुर पुगेकी थिइन्।

शुक्रबार बिहान ११ः३० बजेको समयमा तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको निधन भएको थियो। 

पोखराबाट आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बसमा ४३ जना सवार थिए। त्यसमध्ये २७ जनाको निधन भएको थियो भने बाँकी १७ जनाको उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad