ad ad

समाज


आँबुखैरेनी दुर्घटनाको शव लिन चितवन आइपुग्यो भारतीय सेनाको जहाज

आँबुखैरेनी दुर्घटनाको शव लिन चितवन आइपुग्यो भारतीय सेनाको जहाज

नेपालखबर
भदौ ८, २०८१ शनिबार १७:०, काठमाडौँ

तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनाको शव लिन भारतीय भारतीय वायु सेनाको जहाज चितवन आइपुगेको छ। 

शुक्रबार भएको दुर्घटनामा निधन भएका २७ जनाकै शव चितवनस्थित चितवन मेडिकल कलेजमा राखिएको छ। उनीहरूको पोस्टमार्टमपछि भारतीय राजदूतावाससँगको समन्वयपछि पठाउन लागिएको हो। 

भारत सरकारकी युवा मामिला तथा खेलकुद राजयमन्त्री रक्षा निखिला खड्से पनि नेपाल आएकी छिन्। उनले काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका घाइतेहरूलाई भेटेकी थिइन्। उनी पनि अहिले चितवन पुगेकी छिन्। 

शुक्रबार भारतीय पर्यटक सवार बस मस्र्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मत्यु भएको थियो भने १६ जना घाइतेहरूको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .