ad ad

समाज


तिपेनीको सुक्खा पहिरो क्षेत्रमा ३५ जना प्रहरीको टोली तैनाथ, त्रासमै छन् स्थानीय

तिपेनीको सुक्खा पहिरो क्षेत्रमा ३५ जना प्रहरीको टोली तैनाथ, त्रासमै छन् स्थानीय

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १५:५१, चौतारा (सन्धुपाल्चोक)

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ बाँसखर्कबाट अप्रत्याशित रुपमा आइतबार रातिबाट सुक्खा पहिरो खसेपछि तिपेनीबजार र इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा त्रासमा छन्।

सुक्खा पहिरोले इन्द्रावती नदी साँघुरो हुँदै जाँदा थुनिने त्रासले इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा निदाउन सकेका छैनन्।

बाँसखर्कको तल्लो भागबाट झर्न थालेको पहिरो अहिलेसम्म नरोकिएपछि इन्द्रावती नदी थुनिने हो कि भन्ने चिन्ताले रातभर निदाउन नसकेको तिपेनी बजारका स्थानीय युवराज गिरी बताउँछन्, यदि आकस्मिक रुपमा ठूलो पहिरो झरेमा इन्द्रावती नदी थुनिदाँ यसले ठूलो क्षति पु¥याउने उनको भनाइ छ।

पहिरोबाट पाँचपोखरीको तिपेनीमा रहेको प्राथमिक अस्पतालसहित, बजार र आसपासका केही संरचना सबैभन्दा बढी जोखिममा परेको गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले बताइन्। नदीको छेउमा माथिबाट खसेको पहिरोले थुपारेको गेग्रानले नदी नथुनियोस् भनेर अहिले हटाउने काम भइरहेको उनले बताइन्।

गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार पहिरो क्षेत्रमा ३५ जनाको सेनाको समूहसहित प्रहरीको विपद् टोली तैनाथ रहेको  छ। इन्द्रावती नदीले तिपेनी प्राथमिक अस्पतालको भवन क्षेत्रको जमिन कटान गरिरहेको छ।

नदीले निरन्तर गेग्रान बगाइरहँदा चर्किएको माथिल्लो भाग खस्ने सम्भावना छ। यदि डाँडाको माथिल्लो भाग खस्यो भने नदी थुनिन सक्छ र यसले ठूलो क्षति पु¥याउने भन्दै स्थानीय त्रसित छन्।

वर्षाको समय भएकाले अहिले पहिरो नियन्त्रणका लागि दीर्घकालीन उपाय खोज्न नसकिने लामा बताउँछन्।

पहिरोका कारण बाँसखर्कको तल्लो क्षेत्रमा धाँजा फाटेका र चिरा परेका भाग पनि एकै पटक नदीमा खस्ने सम्भावना देखिएको स्थानीय गमला गिरी बताउँछन्। 

त्यसैले नदी जुनसुकै बेला थुनिनसक्ने जोखिम रहेकाले वर्षा र पहिरो खस्न नरोकिएसम्म यस क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .