समाज


सरकारले संवैधानिक अधिकार कमजोर पार्छ भन्ने हल्लाको पछि नलाग्नू : उपप्रधानमन्त्री सिंह

सरकारले संवैधानिक अधिकार कमजोर पार्छ भन्ने हल्लाको पछि नलाग्नू : उपप्रधानमन्त्री सिंह

नेपालखबर
भदौ ३, २०८१ सोमबार १४:१५, काठमाडौँ

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले संवैधानिक अधिकारलाई कमजोर पार्छ भन्ने हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले कांग्रेस–एमाले गठबन्धन सरकारले संघीयता र समावेशितालाई कमजोर बनाउनका लागि संविधान संशोधन गर्ने सहमति गरेको आरोप लगाइरहेका बेला उपप्रधानमन्त्री सिंहले त्यस्तो हल्लाको पछि लाग्न नहुने बताएका हुन्। 

नेवाः सम्पर्क समूह, रामेछापले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सामान्य विवेक भएको नागरिकले पनि आफैँले लडेर ल्याएको संवैधानिक अधिकारलाई कांग्रेस–एमालेले कमजोर बनाउँछन् भन्दा नपत्याउने जिकिर गरे। 

‘यो सरकार बन्नुको मुख्य कारण के हो त भन्दाखेरी राजनीतिक स्थायित्व दिलाउनका लागि, छिटो भन्दा छिटो सरकार परिवर्तन ७ महिना, ८ महिनामा नै सरकार परिवर्तन भईराख्ने, त्यसले पोलिटिकल स्टाबिलिटी दिँदैन। र जनतामा पनि टिक्ने नटिक्ने सरकारले के गर्छ? भन्ने प्रश्न उठेको कारणले गर्दा वर्तमान संसदको सबभन्दा ठूलो दल र सेकेण्ड ठूलो दल मिलेर सरकार बनाउने र बाँकि भएको समय यसलाई व्यवस्थित गर्दै अगाडि बढ्ने भन्ने कुरामा यो सरकार गठन भएको छ,’ उनले भने। 

जनतालाई अधिकार दिलाउनका लागि लडेको कांग्रेस–एमालेले सरकारमा जाँदाखेरी आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुनै नसक्ने उपप्रधानमन्त्री सिंहले तर्क थियो।

उनले सत्तारुढ गठबन्धनले संविधान संशोधनको नारा जनताको अधिकारलाई कमजोर बनाउनका लगाएको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि बताए। 

उपप्रधानमन्त्री सिंहले भूकम्प र कोभिडका कारण थिलथिलो भएको मुलुकको आर्थिक गतिविधिलाई अघि बढाउन सरकार अघि बढिरहेको बताए।

‘यहाँ कस्तो भाष्य निर्माण गर्न खोजिएको छ भने संविधान संशोधन गरेर भएको अधिकार पनि यो सरकारले छिन्न लागेको हो कि भन्ने छ संविधान संशोधनको नारा लगाएर। त्यो विल्कुल होइन। कुरा के हो भने तपाईंहरू सबैलाई थाहा छ,’ उनले भने, ‘२०४६ सालको आन्दोलन भन्नुस्। त्यो भन्दा अगाडिको हरेक आन्दोलन भन्नुस्। अहिले यो वर्तमान सरकारको जुन कम्पोजिशनमा कांग्रेस र एमाले छ। यो त दुवै पार्टीले जनतालाई अधिकार दिलाउनका लागि लडेको यो पार्टीले सरकारमा जाँदाखेरी आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुँदै हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad