ad ad

समाज


खुकुरी प्रहार गरेको आरोपमा वडाध्यक्ष वलीसहित ४ जना पक्राउ

खुकुरी प्रहार गरेको आरोपमा वडाध्यक्ष वलीसहित ४ जना पक्राउ

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वली


नेपालखबर
भदौ २, २०८१ आइतबार १२:३८, काठमाडौँ

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति जिल्लाको विनौना भन्ने ठाउँका दुई युवालाई खुकुरी प्रहार गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार, घटनाबारे सोधपुछ गर्न वडाध्यक्ष वलीसहित अन्य ४ जनालाई पक्राउ गरिएको हो। 

उनीहरूसँग सोधपुछ गर्ने कार्य चलिरहेको छ। 

खुकुरी प्रहारबाट घाइते भएकाहरूलाई उपचारका लागि भारत पठाइएको छ। ‘अवस्था अलि सिरियस नै भएर उपचारका लागि भारतको लखनउ रेफर गरिएको हो,’ कार्कीले नेपालखबरसँग भने। 

वडाध्यक्ष वलीसहितका युवाहरूले राती दुई युवालाई खुकुरी प्रहार गरेका थिए। 

प्रहरीका अनुसार, वडाध्यक्ष वलीको यसअघिका रेकर्ड पनि राम्रो नभएको पाइएको छ। ‘उहाँको विगतको रेकर्ड पनि राम्रो देखिएको छैन, हामी अनुसन्धान गर्दैछौं,’ कार्कीले भने। 

वली २०७९ को स्थानीय निर्वाचनमा २ हजार ९७ मतसहित एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .