समाज


अमेरिकामा बेपत्ता भइन् २८ वर्षीया नेपाली नर्स

अमेरिकामा बेपत्ता भइन् २८ वर्षीया नेपाली नर्स

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार २२:८, काठमाडौँ

अमेरिकामा एक नेपाली नर्स बेपत्ता भएकी छन्। 

अमेरिकी सञ्चारमाध्यमका अनुसार वासिङटन डीसीनजिकैको भर्जिनिया क्षेत्रको इनोभा फेयरफ्याक्स हस्टिपल क्याम्पसअन्तर्गतको प्रिन्स विलियम अस्पतालमा कार्यरत नर्स २८ वर्षीया ममता काफ्ले भट्ट २ हप्तादेखि हराइरहेकी हुन्। 

उनी गत जुलाई ३१ देखि बेपत्ता भएको भनी मिनासास क्षेत्रका स्थानीयले प्रहरीमा उजुरी दिएका छन्।

मिनासास पार्क क्षेत्रको प्रहरीले पनि ममता हराएको सूचना जारी गरेको छ। ममताले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफ्नो श्रीमान्‌सँग खटपट परेको संकेत गरेकी थिइन्।

उनका अनुसार ममता ६ महिने बच्चाकी आमा हुन्। उनले सामाजिक सञ्जालमार्फत श्रीमान्‌सँग अलग हुन चाहेको उल्लेख गरेकी थिइन्। 

यसको केही दिनपछि उनी बेपत्ता भएकी हुन्। उनका साथीहरूले उनीसँग अन्तिमपटक जुलाई २८ मा कुरा भएको बताएका छन्। श्रीमान्‌ले भने जुलाई ३१ मा अन्तिमपटक देखेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad