यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरूद्ध घुस लिएको अभियोगमा मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
रेग्मीले अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि २० हजार रूपैयाँ घुस लिएको अख्तियारको दाबी छ। प्रयोगात्मक परीक्षामा फेल भए पनि कम्प्युटरमा पास जनाएर उनले चालक अनुमतिपत्रमा वर्ग बी थप गरिदिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।
105
Shares

प्रतिक्रिया