बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै पीडितहरूबाट ५ लाख २० हजार रुपैयाँ लिएर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ घर भइ हाल ललितपुर–१० बस्ने ५० वर्षीय महावीर प्रसाद जैशवाल (कुर्मी) रहेका छन्।
कुर्मीले तीनजनाबाट रकम लिएपश्चात विदेश नपठाई सम्पर्क विहीन भएको प्रहरीको आरोप छ।
पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
48
Shares

प्रतिक्रिया