बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी बेलायतमा लैजाने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–३ घर भइ हाल काठमाडौंको शान्तिनगर बस्ने वर्ष ३३ का रवि क्षेत्री रहेका छन्।
उनले पीडितबाट ५ लाख २० हजार रकम लिए पश्चात विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितले प्रहरीलाई गुहारेका थिए।
क्षेत्रीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले साउन २८ गते तिनकुनेबाट नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
42
Shares
प्रतिक्रिया