ad ad

समाज


डिप्रेसनको औषधि खाने गर्थे मनमोहनबाट हाम फालेका स्वरुप, कफी पिउन गइरहन्थे क्याफे

डिप्रेसनको औषधि खाने गर्थे मनमोहनबाट हाम फालेका स्वरुप, कफी पिउन गइरहन्थे क्याफे

नेपालखबर
साउन २६, २०८१ शनिबार १९:३१, काठमाडौँ

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर तलाबाट हाम फालेका युवा डिप्रेसनको औषधि खाइरहने गरेको पाइएको छ। 

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्यले शनिबार दिउँसो ३ बजे अस्पतालको छैटौँ तलाबाट हाम फालेका थिए। 

‘उनले केही समयदेखि डिप्रेसनको औषधि खाने गरेको परिवारका सदस्यहरूले बताउनुभएको छ,’ अनुसन्धानमा खटिएका प्रहरीका एक अधिकारीले भने।

उक्त अस्पतालको छैटौँ तलामा एस क्याफे छ। घटनापछि प्रहरीले सोधखोज गर्ने क्रममा प्रायजसो उनी उक्त क्याफेमा पुगेर कफी पिउने गरेको पाइएको छ। 

सोही सिलसिलामा मृतक आचार्य शनिबार पनि क्याफेमा पुगेका थिए। प्रहरीका अनुसार, उनी अस्पतालमा कुनै काम परेर शनिबार त्यहाँ पुगेका होइनन्। 

उनका कोही बिरामी वा आफन्त अस्पतालमा उपचाररत छैनन्।

शनिबार क्याफेमा पुगेको केहीबेरपछि छेउमा रहेको रेलिङबाट ती युवा हाम फालेका हुन्। 

हाम फाल्नेबित्तिकै उनलाई सोही अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका लागि लगिएको थियो। यद्यपि, चिकित्सकहरूले बचाउन नसकेको प्रहरीले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .