ad ad

समाज


मोटरसाइकल चोरी गर्ने ३ जना भक्तपुर र ललितपुरबाट पक्राउ

मोटरसाइकल चोरी गर्ने ३ जना भक्तपुर र ललितपुरबाट पक्राउ

नेपालखबर
साउन २६, २०८१ शनिबार ५:५७, काठमाडौँ


ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा तीनजनालाई पक्राउ गरेको छ। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारबाट उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका घर भई हाल काठमाडौँको सीतापाइला बस्ने ३० वर्षीय युवराज राई,  सोही ठाउँ बस्ने २१ वर्षीय नवीन भट्टराई र मकवानपुरको बागमती गाउँपालिका–३ घर भएका २१ वर्षीय प्रेमबहादुर पाख्रिन छन्।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले राई र भट्टराईलाई बालकुमारी र पाख्रिनलाई कौशलटारबाट पक्राउ गरिएको जानकारी दिए।

बागमती प्रदेश ०२–०४९ प २५१३ नम्बरको मोटरसाइकल चोरी गरी नम्बर परिवर्तन गरेर प्रदेश २–०२–०२७ प ४३२३ नम्बर बनाएर चलाएकाले भट्टराई र राईलाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए ।

नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ। प्रहरीले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न सबैलाई आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .