समाज


ग्रिसले आप्रवासीका आवेदन नलिने, टर्कीहुँदै ग्रिस प्रवेश गर्न रोक

ग्रिसले आप्रवासीका आवेदन नलिने, टर्कीहुँदै ग्रिस प्रवेश गर्न रोक

नेपालखबर
फागुन १९, २०७६ सोमबार ११:०,

यसअघि करिब १० हजार जना आप्रवासीलाई टर्कीसँग जोडिएको ग्रिसको एक जमिनमा रोकिएको बताइएको थियो। जसका कारण ग्रिसका अधिकारीहरूले ती आवेदन नलिने जनाएका हुन्।

ग्रिसका प्रधानमन्त्री किरियाकोस् मित्सोटाकिसले ग्रिसको सिमाक्षेत्रमा आवश्यक मात्रामा रोकावट गरिएको जानकारी दिएका छन्। उनले भने,‘ हाम्रो सीमातर्फ अनावश्यक रुपमा प्रवेश गर्न खोज्ने कुनै पनि देशका आप्रवासीलाई रोकेर राखिएको छ।’

टर्कीले पनि शरणार्थी आप्रवासीको भार थेग्न नसक्ने बताएको थियो। टर्कीले सिरियामा विगतका वर्षहरुदेखि जारी रहेको युद्धका कारण ठूलो संख्यामा नागरिक भागिरहेका आफूले थाहा पाएको भन्दै यति धेरै मानिसको भार आफ्नो देशले बहन गर्न सक्ने अवस्था नरहेको बताएको थियो।

टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले भने सिरिया छोडेर शरणका लागि हिँडेका आप्रवासीहरूलाई छिमेकी देशहरु तथा युरोपेली युनियनका सदस्य राष्ट्रमा जानका लागि अनुमति दिने बताएका थिए। गत शुक्रवार उनले ग्रिस र बुल्गेरियातिर जानका लागि अनुमति दिने घोषणा गरेका थिए।

उत्तरी सिरियामा रहेका इद्लिब प्रान्तमा गत हप्ता भएको एक भिषण हवाई हमलामा परी करिब ३३ जना टर्किस सैनिक मारिएका थिए। त्यसपछि उनले सो घोषणा गरेका थिए।

टर्कीमा ठूलो संख्यामा सिरियाका नागरिक शरणार्थीका रुपमा बसिरहेको बताइएको छ। पछिल्लो एक प्रतिवेदनका अनुसार टर्कीमा सिरियाका करिब ३७ लाख शरणार्थी रहेका बताइएको छ। टर्कीमा युरोप प्रवेश गर्न लागेका विभिन्न देशका शरणार्थीहरु बस्ने गरेका बताइन्छ।

उक्त देशमा तालिबान युद्धका कारण द्वन्द्वमा परेका अफगानिस्तानका नागरिक पनि आप्रवासीका रुपमा त्यहाँ पुगेका बताइएको छ।

ग्रिसहुँदै अन्य युरोपेली देशहरुमा प्रवेश गर्न खोज्ने आप्रवासीहरुलाई ग्रीसले रोक्ने गरेको छ। प्रधानमन्त्री मित्सोटाकिसले शरणको मागका गर्दै दिइएका आवेदनहरुको कारबाही हाललाई अघि नबढाइने घोषणा गरेका छन्।

प्रधानमन्त्री मित्सोटाकिसले गैरकानुनी रूपमा ग्रिस प्रवेश गर्न खोज्नेलाई रोक्ने र त्यहाँबाट फर्काइने चेतावनी पनि दिएका छन्। ग्रीसको सरकारले २४ घण्टामा झन्डै १० हजार आप्रवासीलाई ग्रिस प्रवेश गर्नबाट रोकिएको जनाएको छ।

त्यसैगरी प्राप्त एक पछिल्लो समाचारअनुसार ग्रिस र टर्कीको सिमानामा आप्रवासी र सुरक्षाकर्मीबीच केही समययता झडपहरु पनि भएका छन्। यस विषयमा भने ग्रीस सरकारले केही बताएको छैन।

ग्रिसका सुरक्षाकर्मीले आप्रवासीलाई रोक्न बल समेत प्रयोग गरेका सो समाचारमा जनाइएको छ ।

त्यसैगरी प्राप्त अर्को एक समाचारअनुसार ग्रिसका अधिकारीहरूले समुद्री मार्ग भएर पनि ग्रिसका केही भूभाग तथा विशेषगरी टापुहरूमा आप्रवासीहरू पुगेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad